शिक्षक सेवा आयोगको पदपूर्ति सम्बन्धि बार्षिक कार्यतालिका प्रकाशित
शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका प्रकाशित गरेको छ । शिक्षक सेवा आयोग को मंसिरमा विज्ञापन खुल्ने निश्चित भएको छ । शिक्षक सेवा आयोगले माध्यमिक निम्न माध्यमिक प्राथमिक तह को बिज्ञापन मंगसिर मा प्रकासित गर्ने छ। बिज्ञापन प्रकासित गरिसके पछि सामान्य परिक्षा अर्थात पहिलो पेपर को परिक्षा फाल्गुन मा संचालन गर्ने छ भने नतिजा बैसाख मा प्रकासित गर्ने छ। त्यस्तै बिषयगत परिक्षा जेठ मा संचालन गर्ने छ भने नतिजा भाद्र मा प्रकासित गर्ने छ। त्यस्तै आयोगले शिक्षक लाइसेन्स को पनि कार्यतालिका प्रकासित गरेको छ।
आयोग को कार्यतालिका अनुसार शिक्षक लाइसेन्स को सुचना चैत मा प्रकासित गर्ने छ भने परिक्षा संचालन असार र नतिजा प्रकासन असोज मा गर्ने छ।
