सामान्य ज्ञान : भूगोल सम्बन्धी विविधि जानकारी

भूगोल सम्बन्धी विविधि जानकारी

Ø  Cartography भन्नाले मानचित्र विद्या (The art of map)

Ø  इरेटस्थनिजको जन्म इ.पू.२७६ मा प्राचीन ग्रीसको साइरिनमा

Ø  इरेटस्थनिज गणितविद्, भुगोलविद्, कवि, ज्योतिष, संगितसाधक आदि ।

Ø  पृथ्वीको सर्वप्रथम नक्सा बनाउने व्यक्ति इरेटस्थनिज हुन्

Ø  पृथ्वीको कक्षको झुकाइ (Tilt of the earth’s axis) पत्ता लगाउने व्यक्ति इरेटस्थनिज हुन् ।

महादेश सम्बन्धी जानकारी

Ø  पृथ्वीको बाह्य सतहमा जलमण्डलले ढाकेको बाहेकको भाग अर्थात् जमिनको भागलाई महादेश भनिन्छ ।

Ø  पृथ्वीको सतहको कूल क्षेत्रफलको २९.२% भूभाग महादेशले ओगटेको छ ।

Ø  महादेशहरुको कुल क्षेत्रफल १४ करोड ८९ लाख ८७ हजार वर्ग किमी छ ।

Ø  पृथ्वीमा ७ वटा महादेशहरु छन् ।

Ø  एसिया २) अफ्रिका ३) उत्तर अमेरिका ४) दक्षिण अमेरिका ५) युरोप ६) अष्ट्रेलिया र ७) अन्टार्टिका

o   (Asia, Africa, North America, South America, Europe, Australia, Antarctica)

Ø  दुई महादेशमा फैलिएका देशहरु रसिया र टर्की हुन् ।

Ø  एशिया र युरोपलाई संयुक्त रुपमा युरेसिया भनिन्छ ।

Ø  एशिया र युरोपलाई युराल र ककेसस पर्वतले जोडेको छ ।

Ø  सबैभन्दा ठूलो महादेश ।

Ø  क्षेत्रफल ४३,९९९,००० वर्ग किमी ।

Ø  पूर्व पश्चिम लम्बाई ९६०० किमी ।

Ø  उत्तर दक्षिण चौडाई ८६०० किमी ।

Ø  विश्वको कूल भूभागको ३०% भूभाग ओगटेको ।

Ø  विश्वको ६०% जनसंख्या ओगटेको ।

Ø  उत्तरी गोलार्द्धमा अवस्थित ।

Ø  १०० दक्षिणी अक्षाँशदेखी ७८० उत्तरी अक्षाँशसम्म र

Ø  २५० पूर्वी देशान्तरदेखी १७०० पश्चिमि देशान्तरसम्म फैलिएको

Ø  विषमताको महादेशले प्रख्यात

Ø  १२ भुपरिवेष्ठित राष्ट्र (नेपाल, ताजकिस्तान, लाओस, भुटान, अफगानिस्तान, मंगोलिया, किर्गिस्तान, आर्मेनिया, अजरवैजान, कजाकस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान)

Ø  पूर्वमा प्रशान्त महासागर, पश्चिममा यूरोप महादेश, उत्तरमा सुमेरु महासागरर दक्षिणमा हिन्द महासागर रहेको

Ø  विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको

Ø  विश्वकै सबैभन्दा जाडो हुने ठाउँ रुसको भर्खोयान्स

Ø  विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल मनाङ्गको तिलिचो ताल (४९१९ मी.)

Ø  विश्वकै सबैभन्दा गहिरो ताल वैकाल ताल

अफ्रिका महादेश

Ø  दोश्रो ठूलो महादेश

Ø  क्षेत्रफल – २,९७,८५,००० वर्ग किलोमिटर

Ø  अक्षाँश – ३७० उत्तरी देखी ३५० दक्षिणी

Ø  देशान्तर – २०० पश्चिमी देखी ५०० पूर्वी

Ø  उत्तर दक्षिण लम्बाई – ८००० किमी

Ø  पूर्व पश्चिम चौडाई – ७४४० किमी

Ø  विश्वको कूल भूभागको २०.२% भूभाग ओगटेको

Ø  यस महादेशलाई भूमध्यरेखाले बीच भागमा काटेको छ

Ø  पूर्वमा लालसागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भूमध्यसागर र दक्षिणमा कुमेरु महासागर

Ø  अंध्यारो वा कालो (Dark/Black Continent) महादेशले पनि चिनिने

Ø  जनावरहरुको अद्भुत वासस्थानको रुपमा चिनिने महादेश

Ø  विश्व प्रसिद्ध मानव निर्मित गिजाको पिरामिड इजिप्टमा छ

Ø  अफ्रिकाको लामो पर्वत श्रृँखला एटलस पर्वत हो ।

Ø  अफ्रिकाको सबैभन्दा ठण्डा हावापानी भएको देश मोरक्को हो ।

Ø  अफ्रिकाको सबैभन्दा गर्मी हुने ठाउँ लिबिया हो ।

Ø  अफ्रिकाको सबैभन्दा ठूलो ताल भिक्टोरिया ताल हो ।

Ø  अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जरो (५८९५ मी.) हो ।

Ø  मदागास्कर टापु यहि महादेशमा पर्दछ ।

Ø  १६ वटा भूपरिवेष्ठित राष्ट्रहरु रहेका ।

Ø  विश्वकै सबैभन्दा ठूलो हिराखानी किम्बरखान हो ।

Ø  विश्वमै सबैभन्दा वढी सुन र हिरा उत्पादन हुने महादेश

Ø  विश्वकै सबैभन्दा ठूलो मरुभूमी सहारा मरुभूमी (८४ लाख व.कि.मि.)

Ø  उच्च समस्थलीको महादेश भनेर पनि चिनिने

Ø  विश्वकै सबैभन्दा लामो नदी नाइल (६६९० कि.मी.) हो

Ø  अफ्रिकाको होचो भाग लेक असाल हो ।

उत्तर अमेरीका (North America)

Ø  क्षेत्रफलको हिसाबले तेश्रो ठूलो महादेश

Ø  क्रिस्टोफर कोलम्बसले पत्ता लगाएको महादेश (सन्१४९२)

Ø  क्षेत्रफल – २,४३,२०,००० वर्ग कि.मि.

Ø  विश्वको भूक्षेत्रफलको १६.९% भाग ओगटेको

Ø  अक्षाँशीय फैलावट – १०० उत्तरी देखी ८०० उत्तरी सम्म

Ø  देशान्तरीय फैलावट – २०० पश्चिमी देखी १६०० पश्चिमी सम्म

Ø  उत्तर दक्षिण सरदर लम्बाई – ७२०० किमी

Ø  पूर्व पश्चिम सरदर चौडाई – ४८०० किमी

Ø  पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा सुमेरु महासागर र दक्षिणमा पानामा नहर

Ø  नयाँ संसार भनेर चिनिने

Ø  पश्चिमी गोलार्द्धको महादेशको नामले पनि चिनिने

Ø  विश्वकै सबैभन्दा ठूलो नेशनल पार्क क्यानडाको उड बफेलो नेसनल पार्क हो ।

Ø  विश्वकै सबैभन्दा ठूलो गुम्बज एस्ट्रोडम हो ।

Ø  विश्वकै सबैभन्दा ताजा पानीको ताल सुपेरियर ताल हो ।

Ø  यसको सबैभन्दा ठूलो राष्ट्र क्यानडा र सानो राष्ट्र सेन्ट किट्स एण्ड नेभिस हो ।

Ø  अमेरिगो विस्पुक्की नामक साहसीक यात्रीको नामबाट यस महादेशको नाम राखिएको हो ।

Ø  यसको सबैभन्दा अग्लो शिखर मेकिन्ले (६१९४ मी.) हो ।

Ø  यसको सबैभन्दा होचो भाग क्यालिफोर्नियाको डेथ भ्याली हो ।

Ø  यसको सबैभन्दा सक्रिय ज्वालामुखी माउण्ट सान्ता मारिया हो ।

Ø  प्रमुख तालहरुमा सुपेरियर, मिचिगन, ह्युरन, इरी, ओन्टेरियो आदि

Ø  प्रमुख नदीहरुमा मिसिसिपि-मिसौरी, हड्सन, युकन, अरकन्सास, कोलोराडो, ओहियो, कोलम्बीया

Ø  यहाँको घाँसै मैदानलाई प्रेयरी भनिन्छ ।

दक्षिण अमेरिका

Ø  चौथो ठूलो महादेश

Ø  क्षेत्रफल – १,७७,९८,५०० वर्ग किमी

Ø  लम्बाई – ७४४२ कि.मी.

Ø  चौडाई – ५२२१ कि.मी.

Ø  अक्षाँशीय अवस्थिति – १२० उत्तरी देखी ५६० दक्षिणी

Ø  देशान्तरीय अवस्थिति – ३५० पश्चिमी देखी ८०० पश्चिमी

Ø  विश्वको भू क्षेत्रको ११.९% ओगटेको

Ø  पूर्व र उत्तरमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर र दक्षिणमा कुमेरु महासागर

Ø  माउण्ट ओकान्कागुआ यसको सबैभन्दा अग्लो शिखर

Ø  चराहरुको महादेश भनेर पनि चिनिने

Ø  विश्वको सबैभन्दा दक्षिणमा पर्ने शहर पुन्टा एरिनस, चिली यसै महादेशमा पर्ने

अन्टार्कटिका महादेश (Antarctica Content)

Ø  विश्वको पाँचौ ठूलो महादेश

Ø  वर्षभरिनै हिँउ जमिरहेन महादेश

Ø  क्षेत्रफल – १,३०,००,००० वर्ग कि.मी.

Ø  विश्वको भू क्षेत्रको ८.९ प्रतिशत भूभाग ओगटेको

Ø  अक्षाँशीय फैलावट – ६६.५० दक्षिणी देखी ९०० दक्षिणीसम्म

Ø  देशान्तरीय फैलावट – ११४० पूर्वी १५३० पूर्वीसम्म

Ø  विश्वको ९०% हिउँ रहेको

Ø  हिउँको मोटाई २१०० मीटरसम्म रहेको

Ø  हिम चादर (Ice Sheet) को महादेश नामले चिनिने

Ø  मानव बसोवास नभएको

Ø  पूर्वमा आन्ध्र महासागर क्यारेवियन सागर तथा पानामा जलसंयोजक, पश्चिममा प्रशान्त महासागर र दक्षिणमा डेक नहर

Ø  सुन्दर पँक्षी किविको लागि प्रसिद्ध

Ø  कुमेरु महासागरले चारैतिरबाट घेरिएको

Ø  आर्थिक दृष्टिले महत्व नभएपनि विभिन्न राष्ट्रले अनुसन्धानको लागि यस महादेशको केही भाग आ-आफ्नो कब्जामा राखेका

Europe (यूरोप)

Ø  छैठौँ ठूलो महादेश

Ø  १,०४,९८,००० वर्ग कि.मी. क्षेत्रफल

Ø  विश्वको भूक्षेत्रको ७ प्रतिशत भूभाग ओगटेको

Ø  अक्षाँशीय फैलावट – ३६० उत्तरि देखी ७१० उत्तरी

Ø  देशान्तरीय फैलावट – २०० पश्चिमी देखी ६५० पश्चिमी

Ø  पूर्व पश्चिम लम्बाइ – ६४०० कि.मी.

Ø  उत्तर दक्षिण चौडाई – ४८०० कि.मी.

Ø  पूर्वमा एसिया महादेश, पश्चिममा आन्ध्र महासागर, उत्तरमा सुमेरु महासागर र दक्षिणमा भूमध्यसागर रहेको

Ø  प्रायद्विपको पनि प्रायद्वीप भनेर चिनिन्छ

Ø  तीनतिरबाट पानी र एकातिरबाट जमिनले घेरिएको जमिनलाई प्रायद्वीप (Peninsula) भनिन्छ ।

Ø  एकापसमा सिमाना जोडिएको एशिया र यूरोप महादेशलाई संयुक्तरुपमा यूरेसिया भनिन्छ ।

यूरोप

Ø  अग्लो शिखर – माउण्ट एल्ब्रुज (५६३३ मी), रुस

Ø  होचो भू-भाग – क्यास्पियन समुद्री तट

Ø  सबभन्दा ठूलो राष्ट्र – रुस (१,७०,७५,००० व.कि.मी.)

Ø  सबभन्दा सानो राष्ट्र – भ्याटिकन सिटी (०.४४ व.कि.मी.)

Ø  भूपरिवेष्ठित राष्ट्रहरुको संख्या – १८ ()

Ø  लामो नदी – भोल्गा

Ø  ठूलो ताल – लडोगा (रुस)

Ø  महत्वपूर्ण नदी – डेन्यूब

Ø  प्रमुख नदीहरु – डेन्यूब, भोल्गा, युराल, डन आदि

Ø  लामो पर्वत श्रृँखला – आल्पस पर्वत

Ø  गर्मी मुलुक – स्पेन

Ø  ठण्डी मुलुक – रसिया

Ø  Garden of World – फ्रान्स, इटाली, स्पेन, ग्रीस

Ø  रोटीको बास्केट भनेर चिनिने देश – युक्रेन

Ø  Buffer Zone of Europe – बेल्जियम

अष्ट्रेलिया (Australia)

Ø  विश्वको सबैभन्दा सानो महादेश

Ø  क्षेत्रफल – ७६,८६,८८० व.कि.मी.

Ø  पृथ्वीको कुल स्थल भूभागको ५.३ प्रतिशत ओगटेको

Ø  पूर्व पश्चिम सरदर लम्बाई – ३९०० मीटर

Ø  उत्तर दक्षिण सरदर चौडाई – ३१५० मिटर

Ø  अक्षाँशीय फैलावट – १०० दक्षिणी देखी ४०० दक्षिणी

Ø  देशान्तरीय फैलावट – ११४० पूर्वी देखी १५३० पूर्वी

Ø  पूर्वमा कोरल र टासमन समुद्र (प्रशान्त), पश्चिममा हिन्द महासागर, उत्तरमा पपुवा न्यूगिनि, दक्षिणमा न्यूजिल्याण्ड

Ø  घाँसेमैदानको नाम – डाउन्स Downs

Ø  टापु महादेश तथा कंगारुको महादेश भनेर चिनिने

Ø  सबभन्दा ठूलो नदी – मरे डार्लिङ्ग (३७५० कि.मी.)

Ø  प्रमुख नदीहरु – मरे डार्लिङ्ग, फिटजराय, भिक्टोरिया, व्रिसवेन, गोरकोयन, कुपरक्रिक, मुचिर्सन आदि

Ø  अग्लो शिखर – माउण्ट कोस्कियुस्को

Ø  अग्लो भूभाग – जाया पन्कक (पपुवा न्यूगिनि)

Ø  होचो भूभाग – आइरा ताल (समुद्र सतहबाट १६ मि. होचो)

Ø  प्रशस्त मात्रामा पाताल कुवाहरु भएको महादेश

Ø  लामो पर्वत श्रृँखला – ग्रेट डिभाइडिङ्ग रेन्ज

Ø  ठूलो मरुभूमि – ग्रेट भिक्टोरिया

Ø  विचित्रताको महादेशले प्रख्यात

Ø  एउटै महादेश एउटै देश भएतापनि यहाँ १३ वटा देश छन्

Ø  ठूलो नुनिलो ताल – आइरा ताल

Ø  विश्वमा सर्वाधिक मात्रामा उन उत्पादन हुने महादेश

Ø  लामो मुगा पर्वत श्रृँखला – ग्रेट व्यारियर रिफ

Ø  प्रमुख सहरहरु – सिड्नी, मलबोर्न, पर्थ, होबोर्ट, व्रिसवेन

Ø  यहाँको आदिवासीलाई एवोरोजिनीज भनिन्छ

Ø  ठूलो देश – अष्ट्रेलिया

Ø  सानो देश – नाउरु (२१.३)

Leave a Reply

Your email address will not be published. Required fields are marked *