सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार मुलुकको प्रशासनिक कार्य सम्पादन गर्दा नेपाल सरकारले के कस्ता नीति अख्तियार गर्ने व्यवस्था छ ?उल्लेख गर्नुहोस् ।
प्रशासन संयन्त्रलाई सेवा प्रदायक संयन्त्र तथा सहजकर्ताका रूपमा रूपान्तरण गरी मुलुकमा सुशासनको प्रत्याभूति दिन तर्जुमा गरिएको सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ७ मा संविधान तथा अन्य प्रचलित कानुनमा व्यवस्था भएका नीति एवं समय–समयमा अख्तियार गरिएका नीतिका अतिरिक्त मुलुकको प्रशासनिक कार्य सम्पादन गर्दा नेपाल सरकारले देहायका नीति अख्तियार गर्ने व्यवस्था छ ः–
(क) आर्थिक उदारीकरण,
(ख) गरिबी निवारण,
(ग) सामाजिक न्याय,
(घ) प्राकृतिक तथा अन्य सार्वजनिक स्रोतको दिगो तथा कुशल व्यवस्थापन,
(ङ) महिला सशक्तीकरण तथा लैङ्गिक न्यायको विकास, (च) वातावरणीय संरक्षण,
(छ) जनजाति, दलित, आर्थिक तथा सामाजिक रूपमा पिछडिएका वर्गको उत्थान,
(ज) दुर्गम क्षेत्रको विकास तथा सन्तुलित क्षेत्रीय विकास, यसरी अख्तियार गरेका नीतिलाई कार्यान्वयन गर्न नेपाल सरकारले समय–समयमा आवश्यक कार्यक्रम तथा आयोजना सञ्चालन गर्ने व्यवस्था छ ।