उत्प्रेरणा भनेको के हो ? निजामती सेवामा कर्मचारी कार्यप्रति उत्प्रेरित हुन नसक्नुका कारणहरु उल्लेख गर्दै समाधानका उपायहरुबारे चर्चा गर्नुहोस् ? (2+4+4)

मनैदेखि उब्जेको सकारात्मक भावना उत्प्रेरणा

•••••••••••••••••••••••••••••••••••••••••••••••••••

कर्मचारीको कामप्रतिको इच्छा, जाँगर, तत्परता, उत्सकुता र जागरुकता नै उत्प्रेरणा हो । उत्प्रेरणा मनैदेखि उब्जने भावना हो ।

उत्प्रेरणाले कर्मचारीलाई संगठनात्मक कार्य गर्न बल प्रदान गर्दछ । संगठनात्मक उद्देश्य हासिल गर्न कर्मचारीलाई कामप्रति अग्रसर बनाउन उत्प्रेरणाले महत्त्वपूर्ण भूमिका खेल्छ ।

सिद्धान्तसँग मानिसका सम्बन्धित हुन्छ । आवश्यकता र उद्देश्यहरु अनगिन्ती हुन्छन् । ती आवश्यकता र उद्देश्यहरु परिपूर्ति गर्न व्यक्ति कामप्रति उत्प्रेरित हुने गर्छ ।

निजामती सेवामा कर्मचारीहरु काम प्रतिउत्प्रेरित हुन नसक्नुका कारणहरु

•••••••••••••••••••••••••••••••••••••••••••••••••••

कर्मचारी व्यवस्थापनसम्बन्धी नीति तथा आधारहरू स्पष्ट नहुनु, कर्मचारीको वृत्ति विकासको आधारहरूलाई फराकिलो पार्दै लैजान नसक्नु,

सहभागिता बढाउन नसक्नु,

कार्यप्रक्रियालाई सरलीकरण गर्दै अधिकारको प्रत्यायोजन नगरिनु,

कार्यवातावरणलाई office friendly बनाउन नसक्नु,

समान पदमा हुने असमनताको स्थितिको अन्त्य हुन नसक्नु,

कर्मचारीको क्षमता र रुचिअनुसार पदस्थापन नगरिनु,

आदेशमा एकताको सिद्धान्तको व्यावहारिक प्रयोग नहुनु,

वैज्ञानिक व्यवस्थापनको सिद्धान्तलाई अवलम्बन नगरिनु,

स्थानीय तहमा कार्यरत कर्मचारीको कार्यबोझ कम गरी सेवा सुविधालाई बढाउदै लैजान नसक्नु,

कर्मचारीको समायोजन पद्धति वैज्ञानिक हुन नसक्दा कर्मचारीमा नैराश्यता बढ्नु जसको कारण कामप्रती उत्प्रेरित हुन नसक्नु

कामप्रति उत्प्रेरित हुन नसक्नु,

कर्मचारीको वृतिविकास र सेवाको शर्तहरूमा बारम्बार परिवर्तन भइरहने त्रासको अवस्था सिर्जना हुनु ।

कर्मचारीलाई कार्यप्रति उत्प्रेरित गर्न अवलम्बन गर्नुपर्ने उपायहरू

•••••••••••••••••••••••••••••••••••••••••••••••••••

कर्मचारी व्यवस्थापनसम्बन्धी नीति तथा आधारहरू स्पष्ट गराउने,

वृत्तिविकासको आधारहरूलाई फराकिलो पार्दै लैजाने,

संगठनिका कार्यहरूमा बढीभन्दा बढी सहभागिता बढाउँदै लैजाने,

कार्यप्रक्रियालाई सरलीकरण गर्दै अधिकारको प्रत्यायोजन गर्ने,

कार्यवातावरणलाई office friendly बनाउँदै लैजाने, समान पदमा हुने असमनताको स्थितिको अन्त्य गर्ने,

कर्मचारीको क्षमता र रुचिअनुसार पदस्थापन गर्ने

आदेशमा एकताको सिद्धान्तको व्यावहारिक प्रयोगमा जोड दिने, व्यवस्थापनको वैज्ञानिक सिद्धान्तलाई अवलम्बन गर्ने,

स्थानीय कर्मचारीको कार्यबोझ कम गरी सेवा सुविधालाई बढाउँदै लैजाने,

कर्मचारीको समायोजन पद्धति वैज्ञानिक हुन नसक्दा कर्मचारीमा बढेको नैराश्यतालाई उचित व्यवस्थाद्वारा सम्बोधन गर्ने,

कर्मचारीको वृत्तिविकास र सेवाको सर्तहरुलाई स्थायित्व दिने ।

यसरी,

•••••••

कर्मचारीमा मनोबल बढाइ सांगठनिक लक्ष्य हासिल गर्न उत्प्रेरणा एक अति आवश्यक तत्त्व हो । निजामती सेवामा पछिल्लो समयमा कर्मचारीको मनोबलमा आएको गिरावटले सेवाको छवि नै खस्किँदै गइरहेको पाउन सकिन्छ तसर्थ, निजामती सेवालाई एक प्रतिस्पर्धी र सक्षम सेवाको रूपमा स्थापित गर्न कर्मचारीको मनोबल र उत्प्रेरणा सधैं उच्च राख्नु आवश्यक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *