प्रेरक भनाइ

प्रेरक भनाइ

तिम्रो मुस्कान भनेको अरुले तिमीभित्र हेर्ने झ्याल हो । जहाँ उनीहरुले सकारात्मक ऊर्जा देख्छन् ।

जिन्दगीले तिमीलाई दिने होइन । तिमीले जिन्दगीलाई दिने हो ।

हरुवाहरुले पटक पटक वाचा गर्छन् र त्यो वाचा तोड्छन् । विजेताहरुले प्रतिबद्धता गर्छन् र त्यसलाई पूरा गरेरै छोड्छन् ।

जिन्दगी बक्सिङ गेम जस्तै हो । लड्दैमा तिमी हारेका हुदैन, तिमी त्यतीबेल हार्छौ जब लडिसकेपछी उठ्दैनौ ।

सबैलाई खुशी बनाउन खोज्ने व्यक्ति सफल हुन सक्दैन । आलोचनासंग नडराउनुहोस् । सबै अरुले चाहे जस्तै गर्नुभयो भने तपाईं तपाईं रहनुहुन्न ।

नभन बरू देखाउ, नबोल बरू गर, बाचा नगर बरू प्रमाणित गर अनि मात्र सबैथोक असल हुनेछ ।

खुसी केवल त्यही व्यक्तिहरू लाई मात्र प्राप्त हुन्छ जसले अरूलाई खुसी बनाउन प्रयासरत रहन्छ ।

यदि A सफलता हो भने, सूत्र हुन्छ A=X+Y+Z । जहाँ X भनेको कार्य, Y भनेको मनोरञ्जन र Z भनेको आफ्नो मुख बन्द राख्नु हो ।

शुन्दर रुपले भन्दा शुन्दर मनले सुन्दर जीवन बनाउछ ।

जिन्दगि भनेको साइकल चलाउनु जस्तै हो; जीवनमा सन्तुलन ल्याउनको निम्ति तिमि अघि बढिरहनु पर्दछ ।

सबै भन्दा पहिला त्यो व्यक्तिलाई खुसी बनाउनु होस् जसलाई हरेक दिन तपाईले ऐनामा देख्नु हुन्छ ।

जिन्दगीमा कसैलाई पनि बेकारको नसम्झनुस् किनकी बन्द घडीले पनि दिनको दुई पटक सही समय दिन्छ ।

 प्रत्येक चिज दुइ अवस्थामा मूल्य वान लाग्छन्, एक पाउनुभन्दा अघि दुई गुमाइसकेपछी ।

संसारका ख्यातिप्राप्त मोटिभेटरहरुले भन्ने गर्छनः लक्ष्य त्यत्रो बनाउनु कि, जबसम्म मानिसहरु तिम्रो लक्ष्य सुनेर तिमीलाई पागल भन्दैनन् । यदि तिम्रो लक्ष्य सुनेर तिमीलाई पागल भन्दैनन भने तिम्रो लक्ष्य सानो छ भनेर बुझ्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *