नवौं राष्ट्रिय खेलकुद २०७९

नवौँ राष्ट्रिय खेलकुद २०७९ नेपाल राष्ट्रिय खेलकुदको नवौँ संस्करण हो । यस बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७९ जेठ २२ देखि २८ गतेसम्म आयोजना हुनेछ।
यसअघि आठौं राष्ट्रिय खेलकुद तत्कालिन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो। उक्त खेलकुद महोत्सवको समापन समारोहमा नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्ने निधो भएको थियो।

यस नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जम्मा ३६ खेलहरूको सहभागी गराइएका छन् ।
लोगो तथा मस्कट
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्बजनिक २०७९ बैशाख २४ शनिबार, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौंसार्बजनिक गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट

यस मस्कट गण्डकी प्रदेशमा पनि पाइने लोपन्मुख तथा संरक्षित प्राणि कस्तुरी, मृगको बनाइएको छ । त्यस्तै, लोगो गण्डकी प्रदेशको राजधानी पोखरा र देशकै शोभा माछापुछ्रेलाई देखाइएको छ । त्यसको तल आकाशे निलो रेखाले परोक्ष रुपबाट शान्तिको प्रतिक परेवालाई प्रतिबिम्बित गर्छ भने रातो रंगको चार धर्साले परेवाको पखेटा दर्शाई परेवाको आकृतिलाई पूर्णता प्रदान गरेको छ ।साथै लोगोमा रहेको चन्द्र सुर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्बित गर्नुका साथै सहभागी हुने सबै टिमको प्रतिनिधित्व गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *